Site Logo

Hello, you are using an old browser that's unsafe and no longer supported. Please consider updating your browser to a newer version, or downloading a modern browser.

Translate Site:    
प्राथमिक देशको आवेदनहरु
हाम्रा प्राथमिकताहरु

हामी बालविवाह तथा उमेर नपुगी गरिने विवाहको यथोचित अन्त्यका लागि फरक रणनीतिहरु सञ्चालन गर्दै आएका बिभिन्न संघसंस्थाहरुसरुँग सहकार्यका लागि अनुदान उपलब्ध गराउनेछ । स्थानीय अवस्थालाई मध्य नजर राखी उनीहरुकै प्रयासबाट बालविवाहको समाधान निकाल्नका लागि किशोरीहरु, उनीहरुका परिवार र समुदायलाई कार्यक्रमको तर्जुमा र कार्यान्वयनमा संस्थाहरुले उपयुक्त तरीकाले समाबेश गरेको हेर्न हामी इच्छुक छौं ।

तलका मध्य केही वा सबै बुंदाहरु पूरा गर्ने संस्थाहरुसंग काम गर्न इच्छुक छौंः
ड्ड किशोरीहरु र युवतीहरुद्वारा संस्था नेतृत्व गरिएको ।
ड्ड कार्यक्रमको तर्जुमा, कार्यान्वयन, तथा अनुगमनमा अर्थपूर्ण हिसाबले किशोरीहरुलाई सहभागी गराइएको । (जस्तैः किशोरी केन्द्रित)
ड्ड किशोरीहरुलाई उनीहरुको भविश्यको निर्णय गर्न योग्य बनाएर, समान पहुँच, अधिकार र अवसर उपलब्ध गराउनका लागि समाजमा वातावरण सिर्जना गरेको । (जस्तैः लैङिक रुपान्तरण)
ड्ड र्धािर्मक, राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मूल्य मान्यता अपनाउँदै आएका बिशेष वर्गहरुबाट बालविवाह र किशोराबस्थामा नै विवाह गर्ने चलनको स्थानीय रुपमा नै समाधान निकाल्न सहयोग गरेको ।
ड्ड अति जोखिम र जोखिममा रहेका बालविवाहित र विगतमा किशोरी उमेरमा नै विवाह गरेका किशोरीहरु र युवतीहरुसम्म पहुँच भएको ।
ड्ड किशोरीहरुलाई उनीहरुकै समयुदायका सेवा लिनका लागि सहभागी हुन योग्य बनाएको ।
ड्ड तपसिल बमोजिमका एक वा सो भन्दा बढी बिषयमा केन्द्रित रहेको ः
य किशोरीे नेतृत्व
य बालविवहा र उमेरै नपुगी गरिने विवाहलाई निरन्तरता दिने सामाजिक मूल्यमान्यता, प्रवृत्ति, दृस्ठिकोण र व्यहार परिवर्तनमा काम गरेका ।
य किशोरीहरुलाई १२ कक्षासम्मको सुरक्षित, निशुल्क र गुणस्तरीय शिक्षाको पहुँचको सुधारका लागि काम गरिरहेको ।
य किशोरीहरुको यौन र प्रजनन शिक्षा, सूचना तथा सेवाहरुमा पहुँच बढाइ, सुरक्षित गर्भपतन (जहाँ कानुन सम्मत) र त्यस पछाडिको हेरचाहका बिषयमा पहुँच बढाउन सहयोग गरिरहेको ।

आवेदन दिनका लागी को योग्य छ ?

तपसिल बमोजिमका देशमा रहेका समुदाय केन्द्रित संस्थाहरु र स्थानीय स्तर केन्द्रित राष्ट्रिय र उपराष्ट्रिय संस्थाहरु (परिभाषाको लागी तलको खण्डमा हेर्नुहोला) यो अनुदानका लागि आवेदन दिन योग्य छनः
ड्ड प्रजातान्त्रिक गणतन्त्रिक कंङ्गोको हौत कटंङ्गा र÷वा ताङ्गनयिका क्षेत्र
ड्ड डोमिनिकन गणतन्त्र
ड्ड भारतको झारखण्ड प्रदेश
ड्ड नेपाल
ड्ड नाइजर
ड्ड युगाण्डा

समुदाय केन्द्रित संस्थालाई हामी कसरी वर्णन गर्छौं

समुदाय केन्द्रित संस्था भन्नाले समुदायमा नै संलग्न भएको, समुदायभित्रै कार्य गर्ने, समुदायप्रति नै उत्तरदायी रहरे त्यही समुदायका नागरिकलाई कर्मचारीका रुपमा रोजगार दिने संस्थाहरु समुदाय केन्द्रित संस्थाहरु हुन् ।
समान्यतः यी संस्थाहरुले स्थानीय स्तर (छिमेकी, शहर, जिल्ला) का सबाल र चासोका बिषयहरुमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेका हुन्छन् । कहिलेकाँही समुदाय केन्द्रित संस्था भन्ने वित्तिकै समुदाय स्तरका वा स्थानीय व्यक्तिहरुबाट नै नेतृत्व गरिएका संस्थाहरु भन्ने गरिए तापनि त्यसमा मात्रै सिमित हुँदैनन् ः
ड्ड सामुदायिक समूहहरु
ड्ड स्वालम्बन समूहहरु
ड्ड महिलाहरुको समूहहरु
ड्ड युवती वा किशोरीेहरुको समूहहरु
ड्ड युवा समूहहरु
ड्ड आदिवासी समूहरु
ड्ड समूह संगठनहरु
ड्ड सञ्जाल, संयुक्त र सहकार्य
ड्ड गैरसरकारी संस्थाहरु
ड्ड नागरिक समाज
ड्ड दानवीर संस्थाहरु (ऋजबचष्तबदभि यचनबलष्शबतष्यलक)
ड्ड धार्मिक विश्वास भएका संस्थाहरु (धर्म परिवर्तन गर्ने नीति नभएकाहरु)
ड्ड श्रम युनियनहरु

स्थानीय स्तर केन्द्रित राष्ट्रिय वा उपराष्ट्रिय संस्थालाई हामी कसरी वर्णन गर्छौं

स्थानीय स्तरमा नै काम गर्दै आएका र प्रस्तावित समुदायको वस्तुस्थितिका वारेमा जानकार संस्थाहरु नै राष्ट्रिय वा उपराष्ट्रिय संस्थाहरु हुन् । त्यसता संस्थाले समुदायका स्थानीय बासिन्दा र स्थानीय सञ्जालको माध्यमबाट कार्यक्रमको दिशा र रणनीतिलाइ अगाडी लेैजानेमा विश्वास राख्दछन । यस्ता संस्थामा शासकीय नभइ समाबेशी प्रणाली हुन्छ । संस्थाको कार्यालय र मुख्य कार्यालयमा सोही देशको व्यक्तिले नै नेतृत्व गरेको र कुनै पनि अन्तराष्ट्रिय संस्था वा त्यसको शाखासँग आबद्ध नभएको हुनुपर्छ । संस्थाले योग्य हुनका लागि प्रस्तावित समुदायमा आफु सफल र अनुभवी भएको प्रमाणित गर्नुपर्ने छ ।

अनुदानका लागि अयोग्य हुने संस्थाहरु

हामी कसलाई अनुदान दिंदैनौँः
ड्ड व्यक्तिहरु
ड्ड अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु
ड्ड अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग आबद्ध भएका स्वदेशी गैरसरकारी संस्थाहरु– र योग्यता पुग्ने देशमा (प्रजातान्त्रिक गणतन्त्रिक कंङ्गोको, डोमिनिकन गणतन्त्र, भारत, नेपाल, नाइजर र युगाण्डा) नै काम गर्दै आए तापनि त्यसको मुख्य कार्यालय उक्त देशभन्दा बाहिर भएका संस्थाहरु
ड्ड राजनैतिकरुपमा आबद्ध भएका संस्थाहरु जस्तैः राजनैतिक सहयोगका बाट÷लागि बनेका संस्थाहरु
ड्ड नाफामूलक संस्थाहरु
ड्ड धार्मिक विश्वास लिएका संस्थाहरु जसले व्यक्तिगतरुपमा अर्को धर्म परिवर्तन वा वकालत वा विश्वासका कारण अन्य कार्यक्रम तथा क्रियाकलापसँग आबद्ध भएका संस्थाहरु
ड्ड अनुसन्धान तथा शैक्षिक संस्थाहरु